असार, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) का दैनिक नयाँ संक्रमितको संख्या ६० हजारमा झरेको छ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका ६० हजार ४७१ नयाँ संक्रमित थपिएका हुन् ।
भारतमा कोरोनाका दैनिक संक्रमितको संख्या ६० हजारमा झर्यो ।
२०७८ असार १ गते १३:१८ मा प्रक भारतमा कोरोना भाइरस (कोभिड–१९) का दैनिक नयाँ संक्रमितको संख्या ६० हजारमा झरेको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका ६० हजार ४७१ नयाँ संक्रमित थपिएका हुन् ।
यो संख्या भारतको लागि ७५ दिनयताकै सबैभन्दा कम हो । यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या पनि २ करोड ९५ लाख ७० हजार नाघेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ९ लाख १३ हजारमा झरेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणका कारण २ हजार ७२६ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या तीन लाख ७७ हजार ३१ पुगेको छ ।
अहिलेसम्म भारतमा २५ करोड ९० लाख डोजभन्दा धेरै कोरोना खोप दिइसकिएको छ