२५ वर्षकी एक महिलाले विगत १ वर्षदेखि आमा बन्ने प्रयास गरिरहेकी थिइन् । तर सबै प्रयास विफल भएपछि उनी जाँचको लागि डाक्टरकहाँ गइन् । जाँचमा यस्तो खुलासा भयो जसले उनी चकित परिन् । डाक्टरले उनी जन्मदेखि नै पुरुष रहेको बताए । डाक्टरका अनुसार उनी मध्यलिंगी हुन् । यी महिला यसकारण पनि चकित छिन् किनकि उनको शरीरका बाहिर प्रजनन अंग महिलाका छन् । उनको एक्रे गरेर हेर्दा भने उनको शरीर जन्मदेखि नै पुरुष भएको पाइएको छ ।
एक्सरे जाँचमा उनको शरीरमा महिलाका प्रजनन अंग किशोर अवस्थामा विकसित भएको पाइएको छ । उनको शरीरका बाहिरी प्रजनन अंग महिलाका छन् तर शरीरको भित्री विकास भने पुरुषको छ । त्यसपछि मात्रै उनले यति वर्षसम्म आफ्नो महिनावारी किन भइरहेको छैन भन्ने थाहा पाइन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार डाक्टरले उनलाई यदि उनले चाहेमा आफ्नो लिंग परिवर्तन गराउन सक्ने बताएका छन् । महिलाले भने डाक्टरको यो सल्लाहमा अहिलेसम्म सहमति जनाएकी छैनन् ।
चीनको जेझियांगकी पिंगपिंग (परिवर्तित नाम) को शारीरिक अवस्थालाई मेडिकल भाषामा ४६ एक्सवाइ क्यारियोटाइप भनिन्छ । यो आम रुपमा पुरुषमा पाइने शारिक अवस्था हो जसमा मानिस पुरुष हुन्छ तर उनको शरीरको बाहिरी प्रजनन अंग पुरुषको हुन्छन् वा महिलाको भन्ने निश्चित हुँदैन । पिंगपिंगको शरीरमा बाहिरी अंग महिलाका थिए त्यसैले उनलाई आफू पुरुष भएको कहिल्यै शंका भएन । उनको महिनावारी भएन तर उनले यसलाई गम्भीर रुपमा लिइनन् । पतिको साथमा विवाहित जीवनको आनन्द पनि लिइरहिन् ।
पिंगपिंगकी आमाका अनुसार उनले सुरुमा पिंगपिंगलाई डाक्टरकहाँ लिएर गएकी थिइन् । त्यतिबेला डाक्टरले उनको शारीरिक विकास केही ढिलो भएको र अरु समस्या नभएको बताएका थिए । हुर्किंदै गर्दा पिंगपिंगलाई यो कुरा बेइज्जती हुने जस्तो लाग्थ्यो त्यसैले उनले यसतर्फ धेरै चासो दिइनन् । यसको खुलासा त्यतिबेला भयो जब उनी आफ्नो घुँडा दुख्ने समस्याको उपचारका लागि गइन् ।
जाँचमा उनका हड्डी ठिकसँग विकसित नभएको पाइयो । उनलाई दुखाइको कारण सोध्दा पिंगपिंगले कारण थाहा नभएको बताइन् । उनले आफूले एक वर्षदेखि आमा बन्न प्रयास गरिरहेको र विफल भएको पनि बताइन् । त्यसपछि डाक्टरले उनको जाँच गर्दा उनको शरीर भित्र पुरुष र बाहिर महिलाको भएको पाइएको हो । डाक्टरका अनुसार उनको यो शारीरिक स्थिति उनका मातापिताका कारण भएको हो । उनका मातापिताले नजिकको नातेदार हुँदाहुँदै बिहे गरेको हुन सक्छ ।