मानिसका यस्ता बानीले हामीलाई सानैमा बुढो देखाउछ

कुनै मानिस पनि बुढो हुन चाहँदैनन् । सबैको चाहना सँधै कलिलो र तन्दुरुस्त देखिने हुन्छ । तर उमेर बढ्दै गएपछि मानिसको अनुहार चाउरी पर्दै जान्छ भने शरीर कमजोर बन्छ । यो प्राकृतिक नियम हो र यसलाई कसैले रोक्न/छेक्न सक्दैन ।   

कहिलेकाहीँ आफ्नै बानी-व्यवहारले गर्दा हामीहरु उमेर नपुगी अर्थात् बेलैमा बुढो देखिन्छौं । उमेर नपुगीकनै हाम्रो कलाप फुल्छ । अनुहार चाउरी पर्छ । शरीर कमजोर हुँदै जान्छ । छालाको चमक घट्दै जान्छ ।

यहाँ त्यस्ता केही बानी-व्यवहारबारे चर्चा गर्न गइरहेका छौं जसले तपाईंलाई बेलैमा बुढो बनाउँछन् । यदि तपाईंले यी बानीलाई आजैबाट हटाउनु भयो भने समयअवागै सुरु हुने बुढ्यौली रोक्न सक्नुहुन्छ ।

१. एकै पटक धेरै काम गर्नु

एकैसाथ कैयौं काम गर्ने र दिनमा घण्टौंसम्म काम गर्ने बानीले शारीरिक एवं मानसिक तनाव बढाउँछ । क्लालिफोर्नियाको सेन्ट जोसेफ अस्पतालका प्रमुख डाक्टर रेमण्ड कास्कियारी भन्छन्- ‘एकैसाथ धेरै काम गर्नु राम्रो हो भनेर मानिसले सोच्ने गर्छन् तर यस्तो बानीबाट तनाव निकै बढ्छ ।’ विभिन्न अनुसन्धानले समेत तनावका कारण चाँडै बुढ्यौली सुरु हुने देखाउँछन् ।

२. धुम्रपान

चुरोट र बिडी खाने बानीका कारण मानव शरीरमा विभिन्न असर देखिन्छन् । धुम्रपानबाट फोक्सो र पेटमा मात्रै होइन, छालामा पनि नराम्रो असर पर्छ । धुम्रपानबाट छालाको चमक कम हुने र अनुहारमा चाउरिने गर्छ । त्यस्तै शरीरमा भिटामिन ‘सी’ को मात्रा पनि घट्दै जान्छ । किनभने भिटामिन ‘सी’ ले छालालाई चम्किलो बनाउन सहयोग गर्छ । निकोटिनका कारण अनुहारमा चाउरिपना देखिन्छ ।

३. कम सुत्नु

निन्द्रा कम लाग्नु वा कम निदाउने बानी हाम्रो शरीरका लागि घातक मानिन्छ । कम सुत्नाले आँखा वरपर कालो दाग मात्रै देखिँदैन, हाम्रो जीवनकाल पनि घट्दै जान्छ । ‘हरेक दिन कम्तिमा पनि ७ घण्टा सुत्नुपर्छ’, डा. कास्कियारीले भने । उनका अनुसार कम सुत्नाले हाम्रो दिमाग थकित हुने र शरीरको तौल पनि बढ्ने गर्छ ।

४. लामो समयसम्म बस्नु वा कुनै व्यायाम नगर्नु

जो मानिस लामो समयसम्म बस्छन्, ती मानिसलाई कम्मर/ढाड र मुटुसम्बन्धी रोग लाग्ने संभावना बढी हुन्छ । यति मात्रै होइन . लामो समयसम्म बस्ने मानिसलाई क्यान्सर एवं मोटोपना जस्ता समस्या देखिने संभावना उच्च हुन्छ । ब्रिटिश जर्नल अफ स्पोर्ट्स मेडिसिनका अनुसार लामो समयसम्म बस्नुको साटो नियमित कसरत/व्यायाम गर्ने हो भने मानिसको उमेर बढ्छ । हप्तामा १५० मिनेट कसरत/व्यायाम गर्ने मानिस कसरत नगर्ने मानिसभन्दा औसतमा १० देखि १३ वर्ष बढी बाँच्छन् ।

५. ठूलो आवाजमा गीत/संगीत सुन्नु

बुढ्यौलीको संकेत सबैभन्दा पहिला प्राय: कानबाट देखिन्छ । ठूलो आवाजमा गीत-संगीत सुन्ने मानिसको श्रवण क्षमता विस्तारै ह्रास हुँदै जान्छ । विशेषगरी हेडफोनमा ठूलो आवाज लगाएर गीत-संगीत सुन्ने बानीले निकै ठूलो हानि गर्छ ।

६. अत्यधिक मेकअप लगाउनु

अत्यधिक मेकअपका कारण बेलैमा अनुहार चाउरिन सक्छ भनेर धेरैलाई थाहा हुँदैन । तर यसको असर विस्तारै देखिन्छ । बढी सुगन्ध र रसायनयुक्त सौदर्य सामग्रीमा अल्कोहलको मात्रा धेरै हुन्छ । सोही अल्कोहलका कारण छाला सुख्सा हुने र चिलाउने गर्छ किनभने छालाका ग्रन्थीहरु घटिरहेका हुन्छन् । साथै, अनुहार चाउरिन थाल्छ ।

७. धेरै गुलियो पदार्थ सेवन गर्नु

गुलियो चीज भनेपछि प्राय: मानिस हुरुक्क हुन्छन् । तर धेरै गुलियो वा चिनी मिश्रण गरिएको खाने कुराले तौल मात्रै बढाउँदैन । हाम्रो उमेर पनि घटाउँछ । स्यान डिएगोकी छाला रोग विशेषज्ञ सूजन स्टूअर्ट भन्छिन्- ‘चिनीमा भएको मोलिक्युल छालाका कोशिकासँग मिलेर छालालाई कमजोर र असन्तुलित बनाउँछ ।’ यो प्रक्रियाबाट छाला कमजोर हुँदै जान्छ, आँखामुनि कालो दाग/घेरा देखिन्छ र अनुहारमा चाउरिपना देखिन्छ ।

८. ओमेगा-३ युक्त खाने कुरा कम खानु

ओमेगा-३ नामक चिल्लो एसिड हाम्रो शरीरका लागि निकै लाभदायक मानिन्छ । ओमेगा-३ विशेषगरी माछा र मेवामा बढी पाइन्छ । ब्रुकलिनका पोषण विशेषज्ञ फ्रांकी कोहेनले ओमेगा-३ युक्त खानेकुरा सेवन गर्नाले छाला चम्किलो हुने र अनुहार नचाउरिने बताउँछिन् । साथै, ओमेगा-३ ले मुट र दिमाग स्वस्थ बनाउँछ । एकेडेमी अफ न्युट्रिशन एण्ड डायटिटिक्सका अनुसार हप्तामा २ दिन पटक माछा सेवन गर्नुपर्छ ।

Post a Comment

Previous Post Next Post