रुपा सुनार घटनाबारे शिव परियारले लेखे लामो स्टाटस: “मायालु पारामा बोलेर विभेद गरियो”

गायक शिव परियारले नेपालमा आधुनिक शैली|बाट जातीय विभेदलाई बढावा दिइएको बताएका छन्।

‘नरिसाउ ल नानी’ भनि भनि आधुनिक शैलीमा विभेद`लाई निरन्तरता दिइनै रहने हो भने विभेद समा|जमा राखिरहेसम्म सर|स्वती प्रधान र रुपा सुनार चरित्रको द्वन्द समाजमा`जारी नरहला भन्न सकिन्न र? त्यो पक्कै पनि नेपाली समा|जका लागि हितकर हुने देख्दिनँ म,’ परियारले आफ्नो फेसबूकमा लेखेका छन् ।

विगतको भन्दा विभेदको शैली फेरि`एको गायक परियारले उल्लेख ग|रेका छन्। ‘बा, हजुरबा पुस्तामा ठाडै अपशब्द बचन वचन बोलेर गरेको विभेद मात्रै विभेद थियो । अहिले त माया गरेर बोलेर पो व्यवहार गरेको रहेछ नि ।

यस्तो नि विभे|द हुन्छ र ? भन्ने पुस्ता यसपटक सामाजिक सञ्जालमा धेरै देखिए । यो अहिलेको पुस्ताले चाहिँ वि|भेद गर्ने शैलीमा अलिक आधुनिकता भित्र्याएको पाइयो,’ उनले भनेका छन्।

मंगलबार सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारले काठमाडौंको बबरमहलमा आफूमाथि जातकै आधारमा विभे|द भएको दाबी गर्दै प्रह`रीमा जा`हेरी दर्ता गरेकी थिइन्। तत्पश्चात् घरबेटी सरस्वती प्रधानलाई प्रह`रीले पक्रा|उ गरेको थियो। प्रधान ३ दिन प्रहरी हिरासतमा बसेर छुटे`की थिइन् ।

Post a Comment

Previous Post Next Post