तपाई कति केजी तौलको हुनुहुन्छ ? अनि तपाईंको बच्चाका तौल कति छ ? सोच्नुस् त ।
यहाँ यस्तो घटना उल्लेख गरिएको छ, जुन सुन्दा तपाईं आश्चर्यमा पर्नुहुन्छ ।
एक १३ वर्षको बालकको तौल कति केजीसम्म हुन सक्छ ? हामीले अनुमान लगाउन सक्छौँ । तर यहाँ चर्चा गरिएको बालकको तौल भने १ सय ४० केजी छ ।
भारतको गुजरातमा एक १३ वर्षीय बालक अहिले आफ्नो तौलकै कारण चर्चामा छन् । उनको तौल १ सय ४० केजी पुगिसकेको बताइएको छ ।
ती बालकको नाम सागर हो र उनी अमरेलीमा बस्छन् । बच्पनदेखि नै सागरको खानाको ठूलो शोख थियो ।
उनको परिवारले बताएको छ कि उनी जन्मँदा भने निकै दुब्लो थिए तर पछि वजन निकै बढ्दै गयो ।
परिवारले अहिले ती बालकको उपचारका लागि राज्य सरकारलाई अपिल गरेको बताइएको छ ।