कुन राशिले कुन राशिसंग प्रेम वा विबाह गर्दा राम्रो हुन्छ हेरौं

एजेन्सी । विवाह साँच्चै नै एउटा ठूलो फैसला हो । यत्तिकै जो कोहीसँग विवाह बन्धनमा बाँधिनु र पुरै जिन्दगी उसैसँग बिताउनु, यो कुनै सानो कुरा होइन । मानिसहरुले आजको समयमा विवाहलाई आधुनिक तरिकाले लिन्छन्, विवाहभन्दा पहिले केटा-केटीको थुप्रैपटक मिटिङ्ग गराउँछन् तर बिहे नभएसम्म कसैको असली स्वभाव थाहा पाउन सकिँदैन ।

विवाहपछि जब केटा-केटीसँगै, एउटै छतमुनि बस्न थाल्छन् तबमात्र उनीहरुलाई एकअर्काको स-साना जरुरतहरु थाहा हुन्छ । हरेक परिस्थितिमा को कस्तो व्यवहार देखाउँछ भन्ने थाहा हुन थाल्छ । तर कति राम्रो हुन्थ्यो यदि यी सब कुराहरुमध्ये केही प्रतिशत विशेषताहरु हामीलाई विवाहभन्दा पहिले नै थाहा हुने हो भने ।

यसमा ज्योतिषशास्त्रले तपाईको मद्दत गर्न सक्छ । यदि तपाईहरु जोसँग विवाह गर्दै हुनुहुन्छ, उसको राशी चिन्ह थाहा छ भने तपाई यो जान्न सक्नुहुन्छ कि उसको मूल स्वभाव कस्तो छ । उसलाई के कुराबाट खुसी मिल्छ, कस्तो कुरा मन पर्दैन र यहाँसम्मकि रिस कति उठ्छ भन्ने कुरा पनि राशी चिह्नको सहायताबाट पत्ता लगाउन सकिन्छ । प्रेम र शारीरिक सम्बन्धमा कत्तिको रुचि छ, यो कुराबाट पनि पर्दा उठाउन सकिन्छ ।

यसैका बारेमा आज हामी एक-एक गरेर क्रमानुसार बाह्र राशीहरुको मूल स्वभावको बारेमा तपाईहरुलाई जानकारी दिनेछौँ । प्रत्येक राशीहरुको जुन विशेषताहरु हामी प्रस्तुत गर्न गइरहेका छौँ, ती सबै प्रेम र विवाहको सन्दर्भमा हुनेछन् तसर्थ तपाई आफ्नोे विवाहको लागि उपयुक्त फैसला लिन सक्नुहुनेछ ।

मेष राशी:

निडर, आत्मविश्वास, स्वतन्त्र एवं दृढ सङ्कल्पले भरिपुर्ण हुन्छन् मेष राशी हुनेहरु । यी चार शब्दमा नै यिनीहरुका स्वभाव झल्किन्छ । चाहे मित्र होस् या प्रेमी , यी चार शब्दहरुमै समर्पित हुन्छन् यिनीहरुका हरेक नाता । यदि उनीहरु प्रेम गर्छन् त पूरा विश्वास र दृढ संकल्पका साथ गर्छन् । उनीहरु आफूले गर्नेजस्तै प्रेम आफ्नो पार्टनरबाट पनि पाइयोस् भन्ने अपेक्षा राख्दछन् । दोस्रो कुरा, यिनीहरु स्वतन्त्रता मन पराउँछन् । यदि तपाई विवाहपछि मेष राशी हुनेहरुलाई तल दबाउने कोशिस गर्नुभयो भने तपाईको सम्बन्ध धेरै समयसम्म टिक्दैन । तेस्रो कुरा, यिनीहरु आफूलाई जे सही लाग्छ त्यही गर्छन् । अरुको कुरामा आँखा बन्द गरेर विश्वास गर्दैनन् ।

वृष राशी:

वृष राशी हुनेहरु सच्चा र बफादार हुन्छन् । यदि यिनीहरुले कसैलाई सच्चा मनले अपनाए भने जिन्दगीभर धोका दिदैँनन् । तर यिनीहरुलाई पूर्णरुपमा आफ्नो बनाउन सजिलो छैन । शान्त स्वभावका वृष राशी हुनेहरु रिसाहा पार्टनरसँग बस्न सक्दैनन् । वृष राशी हुनेहरुले धनु राशी हुनेहरुसँग विवाह गर्दा राम्रो हुन्छ ।

मिथुन राशी:

मिथुन राशी हुनेहरु हँसिला हुन्छन् । यिनीहरु मोज-मस्ती गर्न मन पराउँछन् । त्यसैले यिनीहरुलाई बोरिङ्ग पार्टनर पर्‍यो भने नाता निभाउन गाह्रो हुन्छ । यदि तपाईको पार्टनरको राशी मिथुन हो भने तपाई भाग्यशाली हुनुहुन्छ । किनकी यिनीहरु प्रेममा सच्चा र बफादार हुन्छन् । तर मिथुन राशी हुनेहरुको एउटा कुराले सबलाई हैरान पार्छ, त्यो यो हो की उनीहरु सबै कुरा आफ्नो हिसाबले चलाउन चाहन्छन् । साथीमा समझदारी देख्न चाहन्छन् । ज्योतिष अध्ययनअनुसार मिथुन राशी र मकर राशी हुनेहरु कहिल्यै सफल हुँदैनन् ।

कर्कट राशी:

भावनाको गहिरो सागर हुन्छ कर्कट राशी हुनेहरुमा । यिनीहरु कसैको प्रेममा परे भने पुरै रुपमा उनीहरुको हुन्छन् । तर यस्तो मान्छे जो भावनाहरुलाई पर राखेर आफ्नो बारेमा सोच्छन्, उनीहरुसँग कर्कट राशी हुनेहरु नातामा बस्न सक्दैनन् । यिनीहरुले गल्तीले पनि कुम्भ राशी हुनेहरुसँग विवाह गर्नुहुँदैन ।

सिंह राशी:

आकर्षण र आत्मविश्वासले भरिपूर्ण हुन्छन् सिंह राशी हुनेहरु । यदि वैवाहिक जीवनमा निजि जरुरत मतलब शारीरिक सम्बन्धलाई कायम राख्ने कुरा आउँछ भने यिनीहरु यस विषयमा आफ्नो पार्टनरलाई निराश गर्दैनन् । तर यिनीहरुको एउटा कुरा जो सम्बन्ध बिगार्न सबैभन्दा अघि हुन्छ, त्यो हो उनीहरुको जिद्दीपन । यदि तपाईले सिंह राशीको जिद्दीपन अपनाएर उनीहरुलाई सम्हाल्न सिक्नुभयो भने वैवाहिक जीवन सजिलै चल्छ । किनकी अरु कुनै पनि कुराले यिनीहरु आफ्नो साथीलाई दुःखी पार्दैनन् ।

कन्या राशी:

यदि तपाई सजिलोसँग पार्टनरको आकर्षण पाउन चाहनुहुन्छ र यो इच्छा राख्नुहुन्छ कि तपाईको साथी पूर्ण रुपमा तपाईप्रति समर्पित होस्, तपाई कन्या राशी हुनेहरुसँग प्रेम या विवाह नगर्नुहोस् । किनकि यो राशी आफूले सोचेअनुसारको काम गर्छन् । यिनीहरु कसैको लागि मान– सम्मान व्यक्त गर्न पछि पर्दैनन् । तर कोही कसैले यिनीहरुको अत्मसम्मानलाई ठेस् पुर्‍याउँछ र यिनीहरुलाई आफूभन्दा कम देखाउने कोशिस गर्छ भने त्यस्तो व्यक्तिसँग यिनीहरुको सम्बन्ध चल्न असम्भव हुन्छ ।

तुला राशी:

तुला राशी हुनेहरु शान्त स्वभावका हुन्छन्, तर जब प्रेमको कुरा आउँछ त यिनीहरु पुर्णरुपले डुब्छन् । साथी सँग सबै प्रकारका खुसीहरु बाँड्न चाहन्छन्, आफ्नो मनका सबै इच्छा पुरा गर्न चाहन्छन् । तर कोही उनीहरुलाई कन्ट्रोल गर्न खोज्छ भने,उनीहरुसँग टाढा बन्न खोज्छन् । यिनीहरुले कन्या राशी हुनेहरुसँग विवाह गर्नुहुँदैन । किनकि कन्या राशीको आफ्नो पार्टनरलाई नियन्त्रणमा राख्ने स्वभाव उनीहरुलाई ‘बन्धन’ लाग्न थाल्छ ।

वृश्चिक राशी:

प्रेममा डुब्नु अनि आफ्नो प्रेमीको बन्नु, यो वृश्चिक राशीको स्वभाव हो । यिनीहरु जोसँग प्रेम गर्छन् ,उसँग छुट्टै संसार बसाउने सपना बुन्छन् । यिनीहरुको मेष राशीसँग मेल हुन सक्दैन, किनकि मेष राशी हुनेहरु स्वतन्त्र र आफूअनुसार चल्ने हुन्छन् ।

धनु राशी:

जुन प्रेम या विवाहमा ‘जोश’ हुन्छ, त्यहीँ धनु राशी हुनेहरु आफ्नो खुसी भेट्छन् । यिनीहरुको लागि वृष राशीसँग प्रेम गर्दा सबैभन्दा राम्रो हुन्छ । किनकि वृष राशी हुनेहरु आफ्नो व्यस्त जीवनबाट बाहिर निस्केर भएपनि आफ्ना साथीलाई खुसी पार्छन् । र यही कुराले धनु राशीको सम्बन्धमा मिठासपन ल्याउँछ । प्रेममा मोज–मस्ती गर्ने, केही अलग गरेर देखाउने, प्रेमीको लागि सोचाइभन्दा माथि उठेर प्लानिङ्ग गर्ने र प्रेमीसँग पनि सोही कुराको अपेक्षा राख्ने खालका हुन्छन् धनु राशी हुनेहरु ।

मकर राशी:

सच्चा, बफादार र महत्वाकांक्षी हुन्छन् मकर राशी हुनेहरु र चाहन्छन् कि आफ्नो प्रेमीले पनि आफ्नो स्वभावको सम्मान गरुन् । यिनीहरु आफ्नो प्रेमीको इच्छाहरुलाई ध्यानमा राख्छन् । यिनीहरु आफ्नो प्रेमीले भनेको कुरा सजिलै मान्छन् र आफ्नो प्रेमीबाट पनि सोही कुराको अपेक्षा गर्छन् । मकर राशी र मकर राशीबिचको प्रेम सम्बन्ध राम्रो हुँदैन ।

कुम्भ राशी:

कुम्भ राशी हुनेहरु आफ्नो प्रेमीप्रति बफादार हुन्छन् । यिनीहरुले पूर्ण रुपमा कसैको केयर गर्न नजानेपनि प्रेमीलाई धोका दिँदैनन् । यिनीहरु प्रेमीले आफूलाई विश्वास गरुन् भन्ने चाहन्छन् । यसै कारणले कुम्भ राशी र कर्कट राशीबिचको सम्बन्ध राम्रो हुन सक्दैन किनकि उनीहरुलाई शङ्का गर्ने बानी हुन्छ ।

मीन राशी:

यिनीहरु रोमान्टिक हुन्छन् । यदि तपाईको प्रेमीको राशी मीन हो भने तपाई एकदम भाग्यशाली हुनुहुन्छ । किनकि प्रेम व्यक्त गर्न र निभाउन यिनीहरु माहिर हुन्छन् । तर यिनीहरु कोमल हृदयका हुन्छन् । यिनीहरु कन्या राशी हुनेहरुसँग टाढै बस्दा राम्रो हुन्छ किनकि यिनीहरु मनले नभई दिमागले सम्बन्ध चलाउँछन् ।

Post a Comment

Previous Post Next Post