ज्योतिष शास्त्रमा १२ राशि उल्लेख गरिएको छ। राशिका माध्यमबाट मानिसको स्वभाव र भविष्यका बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ।
व्यक्तिको स्वभावमाथि उनको राशिको स्वामी ग्रहको प्रभाव हुने गर्छ। आज हामी तपाईलाई सबै राशिका स्वामी ग्रह ग्रहले स्वभावमा पार्ने प्रभावका बारेमा जानकारी दिदैछौँ ।
आउनुहोस् जानौँ कुन राशिको भाग्य कस्तो हुन्छ ?
मेष राशि
मेष राशिको स्वामी ग्रह मंगल हो । यस राशिका मानिस निकै स्वतन्त्र विचारका हुने गर्छन्। साथै यी राशिका व्यक्तिमा पराक्रम र साहस पनि निकै हुने गर्छ।
यिनीहरुले आफ्नो कुरा दोस्रो व्यक्तिका सामु कसरी राख्ने भन्ने बारेमा निकै राम्रोसँग जानेका हुन्छन्। तर यी राशिका व्यक्तिलाई रिस भने चाडै उठ्ने गर्छ। कुनै कुनै कुरामा त यिनीहरु निकै आक्रामण पनि देखिने गर्छन्।
वृष राशि
वृष राशिको स्वामी ग्रह शुक्र हो । यस राशिका व्यक्तिको स्वभाव निकै शान्त हुने गर्छ। यिनीहरुलाई आफ्नो दायित्व र जिम्मेवारीका बारेमा निकै थाहा हुन्छन् ।
साथै यिनीहरुका कुरा परिवारका सबै सदस्यले मान्ने गर्छन्। साथै यिनीहरु धन, सम्पत्ति र प्रसिद्धि पाउनका लागि निकै लालायित हुने गर्छन्।
मिथुन
मिथुन राशिको स्वामी ग्रह बुध हो । यी राशिका व्यक्ति वाक कलामा निकै निपुण हुने गर्छन्। साथै यिनीहरुमा कयौँ भाषाको ज्ञान पनि हुने गर्छ। कहिले काही यिनीहरुका दुई अनुहार देख्न पाइन्छ। जसका कारण यिनीहरुलाई बुझ्न निकै कठिन हुने गर्छ।