यो वर्षको मनसूनमा यति धेरै क्षति हुने, बिज्ञहरूले दिए यस्तो सुझाव

मौसमविदहरुले यस वर्षको मनसुनमा देशको अधिकांश भागमा सरदरभन्दा धेरै पानी पर्ने प्रक्षेपण मनसुन सुरु नहुँदै सार्वजनिक गरेका थिए । यस वर्ष नेपालमा मनसुन भित्रिएपछि वर्षाको मापनलाई हेर्ने हो भने अरु बर्ष भरिकै सबै भन्दा धेरै पानी परेको छ ।

नेपालमा जेठ २८ गतेदेखि मनसुन सुरु भएको थियो र दुई दिनमै मनसुनी प्रणाली देशभर फैलिएको थियो । मनसुन सुरु भएदेखि असार १ गतेको बीचमा म्याग्दीको घोरेपानी, स्याङ्जाको स्याङ्जा र चापाकोट, कास्कीको लुम्ले र पाल्पाको गण्डाकोटमा २ सय मिलिमिटरभन्दा बढी पानी परेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद डा. इन्दिरा कँडेल बताउँछिन् ।

मनाङमा वर्षभरिमा सरदर ३९५ मिलिमिटर पानी पर्दछ । मनसुन अवधिको चार महिनामा मात्रै सरदर २३४ मिलिमिटर वर्षा भएको रेकर्ड छ । जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विक्रम श्रेष्ठका अनुसार मुस्ताङमा मनसुन अवधिभर सरदर २७१ मिलिमिटर पानी परेको रेकर्ड मौसम विज्ञान विभागसँग छ तर त्यसको ३० प्रतिशतभन्दा बढी पानी दुई दिनकै अवधिमा परेको छ ।

मनाङ जिल्लामा पि्रमनसुन अवधिमै पनि अन्य वर्षहरुको तुलनामा बढी पानी परेको थियो । हिउँ पनि धेरै परेको थियो । त्यसैले त्यहाँको जमिन कमजोर भयो र यस वर्षको मनसुन सुरु हुनासाथ विपत्ती निम्तायो । असार सुरुकै वर्षाका कारण मनाङमा मात्रै एक हजार भन्दा बढी व्यक्ति विस्थापित भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ ।

Post a Comment

Previous Post Next Post