नियमित डाइटमा दहीको मात्रा बढाउँदा मुटुलाई स्वस्थ राख्नुका साथै यससँग जोडिएर आउने रोगको सम्भावनाबाट पनि बचाउने काम गर्छ । नयाँ पत्रिकामा खबर छ।अमेरिकन जर्नल अफ हाइपरटेन्सनमा छापिएको एक स्टडीमा खानासँग दहीको प्रयोग गर्दा वयस्क मानिसलाई हाइपरटेन्सनको समस्याबाट छुट्कारा दिलाउँछ ।
जसले हप्तामा दुईपटक दहीको प्रयोग गर्छ, उसलाई भविष्यमा हुने स्ट्रोकको सम्भावनामा २० प्रतिशत कम गर्छ ।यसका साथै दहीले पाचनप्रणालीमा सहयोग पु(याउनुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।
दहीकोे नियमित सेवनले ठूलो आन्द्रा र कोलोनको क्यान्सरबाट बचाउने काम गर्छ ।कोलेस्टेरोलका बिरामीलाई दहीको नियमित प्रयोग लाभदायक मानिन्छ । एजेन्सीको सहयोगमा