भूलेर पनि नगर्नुहोस् भान्सा कोठामा यी गल्ती, नत्र हुन्छन् पूरै परिवार कंगाल

भान्साकोठा घरको सबैभन्दा खास ठाँउ मध्येको एक हो किनकी यहि ठाउँ घरको वास्तु अनि मानिसको स्वास्थ्यसंग जोडिएको हुन्छ।भान्साकोठालाई लिएर निकै कुरामा ध्यान पुर्याउनु पर्ने हुन्छ। ध्यान नदिँदा घर परिवारका सदस्यको लागि गरिबी अनि समाजमा अपमानको कारण बन्न सक्छ।

भान्सा कोठामा के–के गल्ती हुनु हुँदैन?

१. भान्साकोठा भित्र मन्दिर हुनु जहाँ भान्साकोठाको भित्र मन्दिर वा पूजास्थल राखिन्छ, त्यहाँ बस्ने मानिसको दिमाग सदैव रिसले बास गर्छ। परिवारका सदस्यमा रगत सम्बन्धि समस्या हुन सक्दछन्। उपायः मन्दिरलाई भान्साकोठाबाट हटाएर कतै अन्त स्थापित गर्नुस्।

२. भान्साकोठा भित्र अन्न भण्डार हुनु भान्साकोठा भित्र अन्न भण्डार हुँदा घरमालिकलाई नोकरी तथा व्यापारमा कठिनाइको सामान गर्नुपर्ने हुन्छ।उपायः यसबाट बच्नको लागि अन्न भण्डामा चाँदीका सिक्का राख्नुस्।

३. भान्छाकोठा र बाथरुम सीधा पर्नु भान्छाकोठाको अगाडी बाथरुम भएको घरमा बस्नेको स्वास्थ्य ठिक हुँदेन। साथै कन्याको जीवन अशान्त रहने गर्छ।उपायः बाथरुममा कचौराभरी नुन राख्नुस् र समय-समयमा बदलीरहनुस्।

४. घरको मुल ढोकाको सामु भान्साकोठा बनाउनु घरको मुल ढोकाको सामु भान्साकोठा बनाउनु हुँदैन। मुल गेटको सामुको भान्साकोठा घरका सदस्यको लागि अशुभ मानिन्छ। उपायः मुल ढोका र भान्छाकोठाको बीचमा पर्दा लगाउनुस्।

५. यदि भान्छाकोठा संगै पानीको ट्याङ्की छ भने भाइहरुमा मतभेद रहने हुन्छ। घरमालिकलाई धन कमाउन समस्या आउने गर्छ।उपायः ट्याङ्की वा धारामा क्रिस्टल झुण्ड्याउनुस्।

६. भान्साकोठा मुल ढोकासंगै जोडिनुयस्तो भएमा पति–पत्नी बीच बिनाकारण मतभेद पैसा हुन सक्छ।उपायः भान्साकोठाको ढोकामा रातो रंगको क्रिस्टल लगाउनुस्।

७. ननुहाई भान्सकोठा प्रवेश गर्नु यस्तो गर्दा भान्साकोठामा नकारात्कम उर्जा आउँछ र घरका सदस्यामा चिढचिढापन र आलस्यता बढ्छ।उपायः ननुहाई भान्साकोठामा प्रवेश नगर्नुस् 

८ःभान्सामा आगो, पानीको सुविधा पर्याप्त नहुनुयस्तो हुँदा घरका सदस्यको स्वास्थ्य र व्यापारमा नकारात्कम असर पर्छ।उपायः यसबाट बच्न भान्साकोठामा दैनिक चन्दनको अगरबत्ती बाल्नुस्।

९. भान्साकोठालाई घरको दक्षिण–पूर्वमा नबनाउनुभान्सा घरको दक्षिण-पूर्व दिशामै बनाउनु पर्छ। यस्तो हुनु परिवारका सदस्यको लागि लाभकारी मानिन्छ।उपायः यस्तो नभएमा भान्साकोठमा माटोको कचौरामा क्रिस्टल राख्नुस्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post