सामान्य घरायसी विवादका कारण ढु'ङ्गाले हा'नेर बुवाको ह'त्या गर्ने छोरा प'क्राउ

मोरङको सुनवर्षीमा एक पुरुषले आफ्नै बाबुको ह'त्या गरेका छन् । सुनवर्षी नगरपालिका–४ का ४० वर्षीय दयालु ताजपुरियाले ढु'ङ्गाले प्र'हार गरेर आफ्नै बाबु ६८ वर्षीय टिनताल ताजपुरियाको ह'त्या गरेको मोरङ प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी निमित्त प्रमुख डिएसपी मञ्जील मुकारुङले मा'पसे गरेको विषयलाई लिएर भएको सामान्य घरायसी विवादमा दयालुले शनिबार बिहान ६ बजेतिर सुतिरहेकै ओछयानमा पुगेर बुवालाई ढु'ङ्गाले हा'नेको थिए।

ढु'ङ्गा प्र'हारबाट ग'म्भीर घा'इते भएका टिनताललाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो । कोसीले उपचार सम्भव नहुने भन्दै अन्य अस्पतालमा रिफर गरिदिएपछि गम्भीर अवस्थाका उनलाई लगेर घरमै राखिएको थियो ।

टिनतालको आज आइतबार बिहान ५ः३० बजेतिर आफ्नै घरमा मृ'त्यु भएको डिएसपी मुकारुङले बताए । प्रहरीका अनुसार कोसी अस्पतालले भारतको सिलिगुडी अर्थात सुविधा सम्पन्न अरु नै अस्पतालमा रेफर गरिदिए पनि कमजोर पारिवारिक आर्थिक अवस्थाका कारण वृद्धलाई थप उपचारका लागि परिवारका सदस्यले लैजान सकेनन् । खर्च अभावका कारण थप उपचार पाउन नसक्दा उनको मृ'त्यु भएको प्रहरीको भनाइ छ ।

प्रहरीले बाबु–छोरीबीच मा'पसेका विषयलाई लिएर बढेको विवाद ह'त्याको घ'टनासम्म पुगेको जनाएको छ । प्रहरीका अनुसार छोराले मा'पसे गरेर राति होह'ल्ला गर्न थालेपछि टिनतालले सम्झाई बुझाई गर्ने क्रममा बाबु छोरा बिच समान्य वि'वादले उ'ग्ररुप लिएको थियो ।

विवादपछि रिसईवी साँधेर बसेका दयालुले सुतेको ओछयानबाट उठ्न नपाउँदै बाबुलाई ढु'ङ्गा प्र'हार गरेको प्रहरीको भनाइ छ । बाबुको ह'त्यामा संलग्न दयालुलाई खड्का नेतृत्वकै टोलीले निय'न्त्रणमा लिइसकेको छ ।

Post a Comment

Previous Post Next Post