के तपाईलाई दाँत वा गिजाबाट रगत आउने समस्या छ? साधरणतया यस्ता समस्यालाई गाउँघरतिर सुल वा हर्षा भनेर चिनिन्छ । गिजाबाट रगत आउनु सामान्य अवस्था नभई मुख, गिजा वा दाँतमा भएको फोहोर, शारीरिक रोग र केही औषधिको नकारात्मक असर पनि हुन सक्छ । आज हामी तपाईलाई यस्ता समस्याबाट बच्ने घरेलु उपायको बारेमा चर्चा गर्नेछौं।
- ल्वाङको तेलमा कपास भिजाएर दुखेको ठाउँमा रखेमा अस्थायी रूपमा दुखाइ कम हुन्छ।
- आधा चम्चा धुलो नुन र आध चम्चा मरिचको धुलो मिलाएर औँलाको सहराले दाँत मझ्नाले दाँत वा गिजाबाट रगत आउन बन्द हुन्छ।
- बेसारको धुलोमा थोरै नुन रखेर त्येसमा तोरीको तेल हल्ने अनि औँलाले हल्का तरिकाले दिनको दुईचोटि गिजा वा दाँतमा मसाज गर्नाले गिजा पक्ने वा दाँतबाट रगत आउने समस्याबाट मुक्ति मिल्दछ।
- कगतीको बोक्रा सुकाएर त्येसमा अलिकति नुन रखी पिँधेको धुलोले दाँत माझ्नाले दाँतबाट रगत आउदैँन।