मेलम्ची बाढी : ७ जनाको श'व भेटियो

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीमा बे'पत्ता भएका ७ जनाको श'व भेटिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाका अनुसार मंगलबारदेखि बे'पत्ता भएका ७ जनाको श'व भेटिएको हो ।

डीएसपी सापकोटाका अनुसार मृ'तकमध्ये ६ जनाको पहिचान खुलेको छ । उनका अनुसार मृ'तकहरू सबै मेलम्ची ट्राउट फर्ममा कार्यरत थिए ।

मृ'त्यु हुनेहरूमा हेलम्बु-२ का ३१ वर्षीय माधव भण्डारी , ४२ वर्षका गणेश ज्योति, हेलम्बु-३ का १३ वर्षीया टीकामाया खड्का, हेलम्बु-७ का ज्ञानेन्द्र कक्षपति, चौतारा साँचोकगढी नगरपालिकाका २३ वर्षीय समुन्द्र नेपाल र हेलम्बु-६ का च्याङ्बा तामाङ छन् ।

जिल्ला प्रहरीका अनुसार अहिलेसम्म दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र घर ब'गेको विवरण छ । इन्द्रावती र मेलम्ची जोड्ने मोटरेबल पुल ब'गेको डीएसपी सापकोटाले बताए ।

Post a Comment

Previous Post Next Post