गएकाे २४ घण्टाको कोरोना अपडेट हेर्नुहोस्

काठमाण्डाै – गएकाे २४ घण्टामा नेपालमा एक हजार नाै सय २० जनामा कोरोना भाइ,रसकाे सङ्क्रमण पुष्टि भएको छ ।

२४ घण्टामा काेराेना सङ्क्रमण पुष्टि भएकामध्ये काठमाण्डाै उपत्यकाका चार सय २४ जना रहेका छन् । २४ घण्टामा काठमाण्डाैमा दुई सय ९१, भक्तपुरमा ३२ र ललितपुरमा एक सय जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिले देशभर ४० हजार तीन सय ३६ जना सक्रिय सङ्क्रमित छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलका अनुसार यो अवधिमा तीन हजार सात जना काेराेना भाइरसकाे सङ्क्रमणबाट मुक्त भएका छन् ।

यस्तै गएको २४ घण्टामा थप ३४ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या नाै हजार नाै पुगेको छ ।

Post a Comment

Previous Post Next Post