विश्व चर्चित गायिका ब्रिटनी स्पियेर्शले आफ्ना पिताको संरक्षणबाट आफूलाई मुक्त गर्न अदालतसमक्ष अपिल गरेकी छिन् । ब्रिटनी विगत १३ बर्षदेखि पिताको संरक्षणमा छिन् ।
उनको करिअरको हरेक फैसला उनका पिताले गर्दै आएका छन् । ब्रिटनीले अमेरिकाको लस एन्जलस अदालतमा आफूलाई यस्तो अपमानजक संरक्षणबाट मुक्त गराउन अपिल गरेकी हुन् ।
ब्रिटनीको यो बिषय अब अमेरिकामा एक अभियानको रुपमा अगाडि बढिसकेको छ । ब्रिटनीले भनेकी छिन्–‘विगत १३ सालदेखि मलाई जर्बजस्ती ड्र'ग्स दिइएको छ । मेरो इच्छाको विरुद्ध मलाई काम गर्न बाध्य बनाइएको छ । म यो संरक्षणबाट ति'रस्कृत भएकी छु । म त'नावमा छु र चकित पनि छु । म आफ्नो जिन्दगी फिर्ता लिन चाहन्छु । म काम गर्न सक्छु भने मलाई संरक्षण आवश्यक छैन । यो अपमा'नजनक संरक्षण हो ।’
ब्रिटनीले अदालतसँग भनेकी छिन्–‘म अगाडि बढ्न चाहन्छु । बिहे गरेर बच्चा जन्माउन चाहन्छु । म पिताको संरक्षणमा रहुन्जेलसम्म न त बिहे गर्न सक्छु न त बच्चा जन्माउन नै सक्छु । मेरो शरीरमा आइयूडी डिभाइस लगाइको छ, जसको कारणले म गर्भवती हुन सक्दिनँ । म यो डिभाइस बाहिर निकाल्न चाहन्छु र बच्चा जन्माउन चाहन्छु ।
मलाई मेरो पिताको टिमले डाक्टरकोमा जान दिन दिदैन । उनीहरु म गर्भवती भएको हेर्न चाहँदैनन् । मलाई यो संरक्षण फाइदा भन्दा घाटा बढी भैरहेको छ । एजेन्सी