श्रीमानसँग अलग भएपछि ३१ वर्षिय महिलाले आफ्नै ६० वर्षिय ससुरासँग गरिन् विवाह

अमेरिकामा एक महिलाले आफ्नो पतिसँग अलग भए पछि आफ्नै ससुरासँग विवाह गरेकी छिन् । केंटु शहरमा वस्ने एरिका क्विग्ल नामकी महिला ३१ वर्षकी छिन् भने उनको ससुर जेफ क्विग्लको उमेर ६० वर्ष छ ।

यसरी उमेरमा तीन दशकको फरक भए पनि उनिहरुको सम्वन्धमा कुनै समस्या नआएको वताईएको छ । एरिकाले २००९ मा फ्याक्ट्रि कर्मचारी जस्टिनसँग विवाह गरेकी थिईन् । त्यो वेला उनको उमेर १९ वर्ष थियो । दुई वर्ष पछि नै उनिहरुको सम्वन्धमा उतार चढाव आउन थाल्यो ।

एरिका सानो सहरवाट निस्केर आफ्नो क्यारियर वनाउन चाहन्थे तर जस्टिन आफ्नो सिम्पल जिन्दगीमा नै खुशी थिए । त्यहि कारण उनिहरु विच तनाव हुन्थ्यो । त्यो वेला एरिकाको ससुरा जेफले उनलाई इमोशनल सपोर्ट गरिरहेको थियो । एरिकाको सम्वन्धमा छ वर्ष सम्म तनाव भईनै रह्यो र २०१७ मा जस्टिनसँग डिभोर्स भयो ।

Post a Comment

Previous Post Next Post