कस्तो अच्चम यी महिलाले भनिन् 'मेरो पूरै सम्पत्ति लेउ अनि आफ्नो श्रीमान मलाई देउ'

काठमाडौं। ५७ वर्षकी एक सरकारी अधिकारी महिलालाई आफ्ना जुनियर सहकर्मीसँग यति प्रेम भयो कि एक दिन उनी सहकर्मीको घर पुगिन् । त्यसपछि उनले प्रेमीकी श्रीमतीसँग भनिन् मेरो पूरै सम्पत्ति लेउ अनि आफ्नो श्रीमान मलाई देउ । आज तकका अनुसार यो विचित्रको घटना भारतको उत्तर प्रदेशको राजधानी भोपालको हो ।

यो मुद्दा भोपालको पारिवारिक अदालतमा १७ अप्रिलमा काउन्सिलिङको लागि आएको हो । यो मुद्दामा काउन्सिलिङ गरिरहेकी काउन्सिलर सरिता राजानीले यो विचित्रको मुद्दाबारे जानकारी दिएकी हुन् । राजानीका अनुसार मध्य प्रदेशको सरकारी विभागमा उच्च पदमा काम गर्ने महिला सरकारी अधिकारीका पतिको १० वर्ष पहिले मृत्यु भएको थियो । त्यसपछि छोरा बुहारीले पनि उनीप्रति तिरस्कारको भावना राख्न थाले ।

यस्तोमा ती महिलाको एउटै अफिसमा काम गर्ने ४५ वर्षका सहकर्मीसँग निकटता बढ्न थाल्यो । कोरोनाभाइरसका कारण २५ मार्चदेखि सुरु भएको लकडाउनमा एक्लै बस्ने क्रममा ती महिलालाई आफ्ना प्रेमीको कमी महसुस हुन थाल्यो । त्यसपछि उनी १७ अप्रिलमा प्रेमीको घर पुगिन् । किचनमा काम गरिरहेकी प्रेमीकी पत्नी जब बाहिर आइन् त्यसपछि उनी चकित परिन् ।

महिला अधिकारीले त्यहीँ प्रेमीकी श्रीमतीसँग भनिन् कि आफ्नो पूरै सम्पत्ति लिएर आफ्नो पति मलाई देउ । यो सुन्नासाथ घरमा हल्लाखल्ला भयो । केही समयमै महिलाका छोरा बुहारी पनि आए । त्यसपछि यो मुद्दा पारिवारिक अदालतमा काउन्सिलिङका लागि गयो । 

यो विवाद त्यतिबेला झनै बिक्रियो जब श्रीमानले पनि आफ्नी श्रीमतीसँग आफूले ती महिलालाइ छोड्न नसक्ने बताए । पत्नीले १४ वर्षपछि पतिले आफूलाई धोका दिएको बताएकी छिन् । दुवै पक्षलाई लगातार सम्झाइएको छ र यो विवाद अझै मिलेको छैन ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post