यस्ता तरकारीले दिमागमा किरा उब्जाउँछ : ख्याल नगरे ज्यानपनि लिनसक्छ ज्या*न

मानिसको दिमागमा किरा उब्जिन्छ । सुन्दा तपाई चकित बन्नुहोला । तर यो सत्य हो । जसलाई टेपवर्म भनिन्छ । हामी यसको पुष्टि एउटा घटनाबाट पुष्टि गर्छौ । छोरीले हरेक दिन जस्तो टाउको दुख्यो भनेर गुनासो गर्न थालेपछि आमा बुबालाई यसबारेमा बुझ्न धेरै मुस्किल भइरहेको थियो । आखिर किन उनीहरूको छोरी टाउको दुख्यो भन्छिन् भनेर कुनै भेउ नै पाउन सकेनन् । लगभग ६ महिनादेखि यस्तो चल्दै आएपछि उनीहरू छोरीलाई जँचाउन गए ।

परीक्षणपछि जब यसको कारण थाहा भयो, उनीहरूले विश्वासै गर्न सकेनन् ।सानी बच्चीको दिमागमा १०० भन्दा धेरै टेपवर्म अर्थात फित्तेकीराको अण्डा थियो जुन मस्तिस्कमा ससाना क्लटका रुपमा देखिएका थिए । अहिले ती बच्चीको उपचार भारतको एक अस्पतालमा न्यूरोलोजी डिपार्टमेन्टका चिकित्सकहरूको रेखदेखमा चलिरहेको छ । चिकित्सकहरूका अनुसार कुनै पनि चीज राम्रोसँग नपकाई खाएमा र सरसफाइमा त्यति ध्यान दिइएन भने टेपवर्म पेटमा पुग्छ । त्यसपछि रक्त प्रवाहसँगै टेपवर्म शरीरको अलगअलग भागमा जान्छ ।

के हो टेपवर्म ?

गाँउघरमा फितेकिरा भनिने टेपवर्म एक परजिवी हो । यो आफ्नो पोषणको लागि अरुमा आश्रति हुने जीव हो । मानिसको शरीरमा पसेपछि खाना नियमित पाउने हुनाले यो धेरैसमयसम्म बाँच्न सक्छ । यसको ५ हजारभन्दा धेरै प्रजाति पाइन्छन् । यो एक मिलिमिटरदेखि १५ मिटरसम्म लामो हुनसक्छ । कुनैबेला यसको एक मात्रै आश्रय हुन्छ भने कुनै बेला एकभन्दा धेरै । यसको शरीर खण्डखण्डमा बाँडिएको हुन्छ ।

यसको शरीरमा हुकको जस्तो संरचनायुक्त हुन्छ जसकारण यो आफ्नो आश्रयदाताको अंगसँग टाँस्सिएर बस्छ । शरीरमा रहने क्युटिकलको मद्दतले यसले आफ्नो भोजन लिन्छ । यसले पचाइएको भोजन मात्रै लिन्छ किनभने यसको पाचनतन्त्र हुँदैन ।

कसरी फैलन्छ टेपवर्म ?

टेपवर्मको संरचना रिबनजस्तो चेप्टो हुन्छ । फित्तेकीराको अण्डा शरीरमा प्रवेश गर्‍यो भने यसले आन्द्रामा आफ्नो घर बनाउँछ । तर, यो पुरै जीवनकाल आन्द्रामा नै बस्छ भन्ने हुँदैन । रगतसँगै यो शरीरका अन्य भागमा समेत पस्छ । एसियाको तुलनामा युरोपेली देशहरूमा यसको खतरा कम छ ।

एनएचएसका अनुसार शरीरमा टेपवर्म छ भने पनि त्यसको कुनै लक्षण देखिन्छ नै भन्ने हुँदैन । तर, धेरैजसो केसमा पटक यो शरीरको केही अति संवेदनशील अंगमा पुग्नसक्छ जसले खतरा निम्त्याउँछ । सुरुमै थाहा भए यसको उपचार गर्न पनि सजिलो छ । त्यसैले धेरै हानिकारक नभए पनि यसलाई बेवास्ता गर्नु खतरनाक हुनसक्छ ।

टेपवर्म कसरी मानिसको शरीरमा पुग्छ ?

आधा पाकेको वा काँचो सुँगुर वा बीफ खाँदा यो मानिसको शरीरमा पुग्छ । त्यस्तै आधा पाकेको वा काँचो माछाको सेवन गर्दा समेत यो मानिसको शरीरमा प्रवेश गर्ने सम्भावना हुन्छ । । वास्तवमा यी जीवहरूमा टेपवर्मको लार्भा हुन्छ । फलतः माछामासु राम्रोसँग पकाएर खाइएन भने टेपवर्म शरीरमा पुग्छ ।

Post a Comment

Previous Post Next Post