काठमाडौ । कास्कीको पोखरा महानगरपालिका–२२, पुन्धीगुन्धी दोबाटो निवासी २३ वर्षिया बिष्णु बराल (क्षेत्री) को विवाह भएको २७ दिनमै मृत्यु भएको घटनाले स्तब्ध बनाएको छ । श्रीमानको मृत्यु पछि एक्लै आमाले हुर्काएकी छोरीको अचानक मृत्यु भएपछि आमाको आँखा ओभाएको छैन । वैशाखको १७ गते उनको विवाह भएको थियो । जेठको १४ गते उनको रहस्यम मृत्यु भयो । विवाहमा १५ लाख रुपैया खर्च भएको थियो ।
रुपन्देहीको सैनामैना नगरपालिका बर्माचोकदेखि करिब दुई सय मिटर भित्र घर भएका ३० वर्षियप्रदिप भट्टराईसँग उनको विवाह भएको थियो । उनका श्रीमान पहिलो पटक मिडियामा सार्वजनिक भएका छन् । उनी इन्डिया बसेर अध्ययन गरेका थिए । उनले आफुलाई विष्णुको माइती पक्षले अनावश्यक आरोप लगाएको भन्दै दुख ब्यक्त गरेका छन् ।
उनले विष्णुले अस्वभाविक ब्यवहार देखाएको बताएका छन् । विवाहकै दिनमा पनि विष्णुको ब्यवहार अनौठो देखाएको उनको श्रीमानको भनाई छ । उनले भने, विष्णुमा कुनै स्वास्थ्य समस्या थियो भने माइती पक्षले त्यसको बारेमा जानकारी गराउनुपर्ने प्रदिपको भनाई छ । माइतीले दाइजोका कारण छोरीको मृत्यु भएको आशंका गरेका बेलामा उनका श्रीमानले भने आफुहरुले कहिल्यै दाइजोको माग नगरेको बताए ।
उनले विष्णुले नै आफ्नो इच्छाले सामान ल्याएको बताएका छन् । विवाह भएको केही दिनमै फोनमा विष्णुले आमा ज्वाईको औँठी र सिक्री सानो भएछ भनेर गुनासो गरेको विष्णुकी आमाको भनाई छ । विष्णुको श्रीमान आफु निकै दुखी भएको बताए । हामीले केही गल्ती गरेका थियौं भने हामीलाई भन्नु पर्थयो । विष्णुले समस्या भएको भए आफै पनि कुरा गर्न सक्थ्यो । उ आफै पढे लेखेको थियो । हामीले उसलाई ट र्च र दिने कुरा कसरी सम्भव हुन्छ ?
हामीले केही गरेको भए उसले आमालाई र माइतीका अरुलाई पनि फोनमै त्यो कुरा सुनाउन सक्थ्यो । अहिले यसरी आरोप लगाएको कुरा सुन्दा मलाई निकै नरमाइलो लागेको छ । उनीहरुको विवाह रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्वर–११ मद्रानी घाईघाटकी पार्वती गौतमले गराइदिएकी थिइन् । गौतम विष्णुको आमाको भान्जी हुन् ।
अघिल्लो दिन आफ्नो दिदी संग भिडियो कलमा निकै खुसी देखिएकी बहिनीको भोलीपल्ट त्यस्तो खबर सुन्नुपरेको दिदीले बताएकी छन् । वेहुलाको परिवारले पार्वतीले देह त्याग गरेको बताएका छन् तर माइती पक्ष यो कुरा मान्न तयार छैनन् । श्रीमानले पनि घटना भन्दा अघिल्लो दिन विष्णु निकै खुसी देखिएको बताएका छन् ।