कलेजो शरीरको छालाभन्दा दोस्रो ठूलो अंग हो । अन्य अंगहरु जस्तै कलेजो पनि शरीरको महत्त्वपूर्ण अंग हो । यसको सम्बन्ध पाचन प्रक्रियासँग हुन्छ । कलेजोले काम गर्न छोड्यो भने मानिसको निधन हुन्छ ।
स्वस्थ मानिसको कलेजोको तौल १.३ देखि १.६ किलोग्राम हुन्छ । रातो र खैरौ रङमा हुने मानव शरीरको यो अंगले शरीरमा भएको विष वा विभिन्न रसायनलाई फिल्टर गरी पित्त उत्पादन गर्छ र दिसा र पिसाबको रुपमा बाहिर फाल्छ ।
यसैगरी कलेजोले ३०० वटा भन्दा बढी काम गर्छ । यसले रगतमा चिनीको मात्रा पनि सन्तुलनमा राख्छ । यसको अर्को महत्त्वपूर्ण कार्य रगत निर्माण गर्नु पनि हो ।
शरीरमा यति धेरै महत्त्वपूर्ण काम गर्ने कलेजोमा समस्या आयो भने शरीरमा यस्ता ५ संकेत देखा पर्छ । सयममै त्यस्ता संकेतको आधारमा उपचार गराइहाल्नुपर्छ ।
छाला पहेँलो हुँदै जानु : कलेजोमा समस्या आयो भने शरीरका छालाहरु पहेँलो हुँदै जान्छन् । त्यसैगरी, आँखामा पनि पहेँलोपन बढ्दै जान्छ । पिसाबमा पनि पहेँलोपना बढ्दै गयो भने कलेजोको समस्या हुनसक्छ समयमै उपचार गराउनु बुद्धिमानी हुन्छ ।