सुन्दर रहन चाहनुहुन्छः यस्ता घरेलु उपायहरु अपनाएमा छालालाई सधै चम्काई राख्ने छ

युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन सकिन्छ ।

हरेक कुरा मार्केटमा पाइने समाग्रीभन्दा पनि केही घरेलु उपाय बढी फाइदाजनक हुने गर्छन् । क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् । केही यस्ता फुड्सहरुको प्रयोगबाट पनि सुन्दरता सन्तुलन गर्न मिल्छ ।

१. नीम्बुको रस

यो जति हाम्रो स्वास्थ्यको लागि फाइदाजनक छ त्योभन्दा पनि बढी मुहारमा सौन्दर्यता ल्याउन मदत गर्छ । यसले तपाईको स्किनको पोर्सलाई टाइट गर्ने काम गर्छ । अनुहारबाट तेल हटाउछ । अनुहार सफा र चमकदार देखाउने काम गर्छ । निम्बु अनुहारमा लगाएको केही छिन पछि अनुहार पखाल्नुपर्छ ।

२. स्ट्रबरी

यसमा भिटामिन सी, एंटीआक्सीडेन्ट पाइन्छ । तपाईले यसलाई सोझै अनुहारमा विस्तारै लगाउन सक्नुहुन्छ । यसले तपाईको छालामा निखार ल्याउने काम गर्छ ।

३. केरा

यसको प्रयोगले अनुहारमा रिफ्रेसमेन्ट ल्याउने काम गर्छ । एउटा केरा लिनुहोस् त्यसमा मह मिसाउनु होस् । यसलाई अनुहारमा दश मिनेटसम्म रहन दिनुहोस् । यस पछाडि तपाईको अनुहारमा चमक देखिन्छ ।

४. सुन्तला

सुन्तलामा भिटामिन सी पाइन्छ । यसले अनुहारको छालामा सुधार ल्याउने काम गर्छ । यसलाई खानाले अनुहारमा फ्रुस्रोपना हुदैन । यदी यसको ब्रोकाको पाउण्डर बनाएर प्रयोग गर्न पनि सक्नुहुन्छ ।

५. मेवा

यसमा एंटीअक्सीडेन्ट तथा पेपन नामक एंजाइम पाइन्छ । यसले छालामा रहेको नकारात्मक कुराहरु हटाउने काम गर्छ । यसले डेड स्किनलाई समेत सफा गर्ने काम गर्छ । यसलाई खाँदा वा लगाउँदा दुवै शरिरलाई फाइदाजनक रहेको छ ।

६. आँप

यसमा भिटामिन ए र एंटी अक्सीडेन्ट पाइन्छ । यसले छालालाई कसिलो बनाउने काम गर्छ ।

७. मह

अनुहारमा दैनिक महको प्रयोग गर्नाले छाला नरम बनाउने काम गर्छ । यसलाई दैनिक पाँच मिनेट अनुहारमा लगाउनुहोस् र धुनुहोस् । तपाईले यसलाई पानीसँग पनि पिउन सक्नुहुन्छ ।

८. अंडा

अण्डाको सेतो भागलाई अनुहारमा लगाउँदा तपाईको अनुहारमा भएको फुस्रोपन हराएर जान्छ । यसले अनुहारमा चमक ल्याउने काम गर्छ ।

Post a Comment

Previous Post Next Post