बा'ढी र प'हिरोले कहाँ-कहाँ के कति गर्यो क्ष'ति सम्पूर्ण विवरण हेर्नुहोस्

काठमाडौं । मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण मुलुकका १३ जिल्लामा बाढी र पहिरो जाँदा कम्तीमा ५ जनाको मृ'त्यु भएको छ । १९ जना बे'पत्ता छन् ।

सिन्धुपाल्चोकमा दुई, पाल्पा, बाजुरा र डोटीमा एक एक जनाको मृ'त्यु भएको हो । विभिन्न जिल्लाबाट बुधबार साढे ६ बजेसम्म प्राप्त विवरण अनुसार हालसम्म ११ जना घा'इते छन् भने ८९ घरमा पूर्ण र २६ मा आंशिक क्ष'ति पुगेको गृह मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी क्ष'ति सिन्धुपाल्चोक र मनाङमा भएको छ ।

बाढी तथा पहिरो प्रभावित क्षेत्रमा विद्युत् सेवा पनि अ'वरुद्ध भएको छ । ठाउँठाउँमा पनि सडक पनि अ'वरुद्ध भएका छन् ।

मनसुनको सुरुवातमै ठूलो क्ष'ति भएपछि गृह मन्त्रालयमा वि'पद जो'खिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको आकस्मिक बैठक बसेको छ । र, खोज, उद्दार तथा राहतमा सबै संयन्त्रलाई परिचालन हुन निर्देशन दिएको छ ।

बुधबारै प्रधानमन्त्रीको अध्यक्षतामा हुने वि'पद जो'खिम न्यूनिकरण तथा व्यवस्थापन परिषद्को बैठक पनि बसेको छ ।

कहाँ–कहाँ क्षति पुग्यो ?

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार सिन्धुपाल्चोकमा बुधबार दुई जनाको श'व भेटिएको छ । यद्यपि सनाखत भइसकेको छैन । थप १६ जनाको अवस्था अज्ञात रहेको उनले बताए ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालका अनुसार बेपत्तामध्ये ६ जनाको परिचय खुलेको छ । उनका अनुसार हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, वडा नं. ३ का ६६ वर्षीय टिकामाया खड्का, वडा नं. ७ का ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, वडा नं. ६ का ५० वर्षीय च्याङा तामाङ र चौताराका २३ वर्षीय सुरेन्द्र नेपालको अवस्था अज्ञात छ । अन्यको प'हिचान खुलिसकेको छैन ।

गए रातिदेखि परेको अविरल वर्षाका कारण मेलम्ची नदी थुनिएपछि बाँध फुटेर बाढी र पहिरो आएको खनालले बताए । त्यसक्रममा पानीमा फ'सेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतले ६० जनाको उद्दार गरेका छन् ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार घरको छतमा फसेका ४ जनालाई ‘एयर लिफ्ट’ गरेर सुरक्षित स्थानमा लगिएको थियो । सिन्धुपाल्चोकको प्रभावित क्षेत्रमा सभामुख अग्निप्रसाद सापकोटा र स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ पनि निरीक्षणका लागि पुगेका थिए ।

बाढीले अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनामा कार्यरत निर्माण कम्पनीका कर्मचारी घा'इते भएका छन् भने आयोजनाका संरचनाहरु पनि डु'बानमा परेका छन् । बाढीका कारणले आयोजनाको संरचनामा कति क्ष'ति पुग्यो भन्ने यकिन भइसकेको छैन ।

जिल्ला प्रहरी कार्यालय, मनाङले जनाएअनुसार बाढीमा परेर ५३ घरमा पूर्ण र २६ मा आंशिक क्ष'ति पुगेको छ । जिल्लाको चामे र ताल बजार क्षेत्र डुबानमा पर्दा करिब एक हजार जना प्रभावित भएका छन् ।

प्रभावितको उ'द्दारमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी लगायतको टोली खटिएको थियो । गृहमन्त्री खगराज अधिकारीले नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत राहत सामग्री पठाउन र उद्दार गर्न निर्देशन दिएका थिए । तर प्रतिकुल मौसमका कारण हेलिकप्टर जान सकेन ।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार प्रभावितलाई नयाँ बन्दै गरेको कारागार कार्यालयमा सारिएको थियो । उनकाअनुसार नासोँ गाउँपालिकाको कार्यालय भवन, इलाका प्रहरी कार्यालय, प्राइम र प्रभु बैंक रहेको भौतिक संरचनामा पनि क्ष'ति पुगेको छ ।

हाल प्र'भावित क्षेत्रका वासिन्दा दुई समूहमा बाँडिएर सुरक्षित स्थानमा बसेका छन् ।

पाल्पा, बाजुरा र डोटीमा एक/एकजनाको मृ'त्यु

पाल्पाको रिब्दीकोट गाउँपालिका–४ मा पहिरोले घर पुरिँदा एकजनाको मृ'त्यु भएको छ । मृ'त्यु हुनेमा स्थानीय १९ वर्षीय मदन भट्टराई छन् । घरमा मदनकी आमा पनि थिइन् । उनको सकुशल उद्दार भएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाजुराका अनुसार खोलाले बगाउँदा बूढीनन्दा नगरपालिका–३ की ३५ वर्षीया मोतीकला लुहारको मृ'त्यु भएको छ । त्रिवेणी नगरपालिका–५, किम्नीमा १२ वर्षीय बालक पनि बे'पत्ता छन् ।

पहिरोमा परिएर डोटीको केआईसिंह गाउँपालिका–३ मा बुधबार बिहान एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । ६० वर्षीय खडकबहादुर बमको घटनास्थलमै मृत्यु भएको हो । १६ वर्षीया पुनी कुँवर र १७ वर्षीया पूजा कुँवर घाइते भएका छन् ।

Post a Comment

Previous Post Next Post