विद्यार्थीहरुले यसरी पढ्दा आउँछ उत्कृष्ट नम्बर, यस्तो छ विधि हेर्नुहोस्

काठमाडौं । स्कुलको कक्षाकोठामा पढ्ने हरेक विद्यार्थीको विशेषता फरक हुन्छ । हरेक विद्यार्थीले आफू उत्कृष्ट विद्यार्थी बन्न सकूँ भन्ने कामना गरेको हुन्छ । तर कोही विद्यार्थीले उत्कृष्ट नम्बर ल्याउँछ, कोही विद्यार्थी जेनतेन पास हुन्छ र कोही विद्यार्थी फेल नै हुन्छ । विद्यालयमा हामीलाई घोकेर, रटेर पढ्न लगाइन्छ । तर जति नै रटेर पढे पनि केही विद्यार्थीले आफूले सोंचेजस्तो नम्बर ल्याउन सकिरहेका हुँदैनन् ।

हाम्रो दिमागमा आजको मात्र कुरा हुँदैन। हिजोको कुरा पनि हुन्छ । कहिले हिजो पढेको कुरा बिर्सिन्छ भने कहिले हिजोको याद हुन्छ आजको बिर्सिन्छ । यस्तो अवस्था हामीले हाम्रो क्षमतालाई विश्वास नगर्दा आउने गर्छ । हामीले मैले यो सम्झिन सक्दिन कि या हिजोको कुरा बिर्सिन्छु कि भन्ने सोंच्छौँ, जसले गर्दा हाम्रो सोंच नै हाम्रो लागि बाधक बनिरहेको हुन्छ । त्यसैले मेरो दिमागको क्षमता धेरै छ, मैले धेरै कुराहरु दिमागमा राख्न सक्छु भन्ने जस्ता सकारात्मक सोंच राख्नुपर्छ ।

बच्चाको दिमाग पाको व्यक्तिको दिमागभन्दा बढी तेज हुन्छ । किनकी उनीहरुले आफ्नो दिमागलाई सिमित घेरामा राखेका हुँदैनन् । उनीहरु तनावबाट टाढा रहेका हुन्छन् र आफ्नो विगत सम्झेर बसेका हुँदैनन् । त्यसैले दिमागको क्षमतालाई तेज बनाउनको लागि दिमागलाई ताजा बनाउनुपर्छ । आफ्नो विगत सम्झिने, नकारात्मक कुरा सोंच्ने गर्नु हुँदैन । मैले यो गर्न सक्दिन भन्ने सोंच ल्याउनु हुँदैन ।

स्कुलमा पढ्दा शिक्षकले एउटा पाठ पढाउँछन् र हामीलाइ सम्झिन लगाउँछन् । हामी त्यही आधारमा परिक्षा दिन बस्छौं । यदि आफ्नो दिमागलाई तेज बनाउने चाहना छ भने त्यो संस्कृतिबाट माथि उठ्नु पर्छ । आफैले त्यो विषयसंग सम्बन्धित नयाँ खोज गर्नुपर्छ।

Post a Comment

Previous Post Next Post