घर देउतालाई लिएर दाजुभाइबीच झगडा हुँदा भाइको मृ'त्यु

महोत्तरीमा घर देउतालाई लिएर दाजुभाइबीच झगडा हुँदा भाइको मृ'त्यु भएको छ । महोत्तरीको लोहरपट्टी गाउँपालिकास्थित भ्रमरपुरा गाउँमा दाजुभाइबीच झगडा हुँदा दाइको कु'टपिटबाट ग'म्भीर घा'इते भएका भाइ लक्ष्मणको काठमाण्डौँस्थित अस्पतालमा उपचारको क्रममा मृ'त्यु भएको हो ।

अंशवण्डा भएको लामो समयपछि दुई भाइबीच घर देउतालाई लिएर कु'टाकुट हुने गरेको थियो । तर, शुक्रबार ५० वर्षिय दाई रामचन्द्र साह र उनको परिवारले घरमा एक्लै रहेका ४५ वर्षीय भाइ लक्ष्मण साहलाई गा'लीगलौ'ज गर्दै कुटपिट गरेर गम्भीर घा'इते बनाएको प्रहरीले जनाएको छ गम्भीर घा'इते लक्ष्मणको उपचार काठमाडौँस्थित अस्पतालमा मृ'त्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए ।

लक्ष्मणको शवको पोष्टमार्टम काठमाण्डौँमै भएको र भ्रमरपुरास्थित घरमा शव अ'न्त्येष्टिका लागि शुक्रबार बेलुका नै ल्याइएको महोत्तरी प्रहरीले जानकारी दिए ।

लक्ष्मणको मृ'त्यु भएपछि दाई रामचन्द्रसहित उनका परिवारसमेत फरार छन् भने दुई जनालाई महोत्तरी प्रहरीले प'क्राउ समेत गरेको छ ।

फ'रार रहेका आ'रोपितहरुको खोजबिन र घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक आचार्यले बताए ।

Post a Comment

Previous Post Next Post