विमान दुर्घ’टना भएको ३६ दिनसम्म पाइलट जिउँदै! गोही र सर्प भरिएको जंगलमा कसरी बाँचे ? हेर्नु’होस्..

विमान दुर्घ’टनामा मृ’त्युलाई धो:का दिएका एक जना पाइलट गोही र सर्प भरिएको जंगलमा ३६ दिनसम्म जीवि’तै रहन सफल भएका छन् । गोही र सर्प भरिएको अमेजनको डर:लाग्दो जंगलमा दुर्घ टनाग्र’स्त भएको विमानका ती पाइलट एक महिनाभन्दा बढी समयसम्म चराका अण्डा र जंगली फलफुल खाएर जीवित रहन सफल भए ।

बेपत्ता भएका ३६ वर्षमा एन्टोनि’यो सेनाको उनी हराएको ५ हप्तापछि नाटकीय खोजी र उद्धार अभियानको सहयोगमा सोमबार आफ्नो परिवारसँग पुनर्मिलन भएको छ । सेनाले २८ जनवरीमा ब्राजिलको पारा राज्यको अलेन्क्वेरबाट विमान उडाएका थिए । लगत्तै उनी बेपत्ता भएका थिए । शंकास्पद प्राविधिक गडब’डीपछि सेनाले विमानलाई जंगलमा आपतकालीन अवत’रण गराएका थिए ।

भाग्यवश उनले विमानको भित्री भागमा आ’गो लाग्नु’भन्दा पहिल्यै केही ब्रेड र अन्य सामग्री भएको एउटा झो’ला लिन सफल भए । उनी जंगलमा सहयोग खोज्दै भौंता’रिँदै रहेका बेला ४ हप्तापछि उनले जंगलमा कटुस बटुल्न गएका केही व्यक्तिहरुलाई फेला पारे । ती स्थानीयले यसबारे खबर फैलाएपछि उनको उद्धार सम्भव भएको थियो ।

द सनका रिपोर्टअनुसार उनको अश्रुमिश्रित पारिवारिक पुनर्मिलन ब्राजिलियन टिभीमा प्रसारण गरिएको थियो । लगत्ते उनलाई अस्प’तालमा भर्ना गरियो । उद्धा’रपछि भावु’क बनेका एन्टोनियोले भने ‘यो अवधिमा मलाई बलियो राख्ने र मलाई त्यो कठिन परिस्थितिबाट बाहिर निकाल्न हिम्मत दिने कुरा भनेको मेरो परिवारका लागि मभित्र भएको प्रेम र मेरो परिवारलाई भेट्ने मेरो तीब्र इन्चा थियो । यो प्रेम र विश्वासको कथा हो ।’

सेनाका अनुसार उनले पहिलो हप्ता आफ्नो जलेको विमानको छेउमै बसेर बिताए । त्यो समयमा खोजी र उद्धा’र टिमका हेलि’कप्टर र जहाजहरु आकाशमा घुमिरहे तर उनलाई फेला पारेनन् । त्यसपछि उनी सहयोग खोज्न हिँड्न थाले । त्यो दिन शनिबार थियो जुन दिन उनले जंगलमा कटुस बटुल्न आएकाहरुलाई फेला पारे । त्यसपछि उनले ती व्यक्तिहरुको सहयोगमा आफ्नो आमालाई आफू जीवि’तै भएको बताउँ’दै फोन गर्न पाए ।

आफू अब बाँ’च्न सक्छु भन्ने महसुस भएको त्यो सम’यबारे स्मरण गर्दै उनले भने ‘त्यतिबेला अपरान्हको साढे ३ वा ४ बजेको थियो ।’ म जंगलमा हिँड्दै थिएँ अनि मैले सेतो पाल देखें । मैले त्यसलाई उठा’एर हेर्दा कटुस राखि’एको टोकरी, केही अन्य औजार र पानी राखिएको देखें । मैले त्यहाँ भएको सानो गोरेटो पच्छ्याएँ र केही पर केही व्यक्तिहरुलाई भेटें जसले बाहिर सन्देश पठाए ।’ – डिसीनेपाल

Post a Comment

Previous Post Next Post