बिहान उठ्न ग्राहो हुन्छ सावधान रहनुहोस् यि रोग लागेको हुन सक्छ

काठमाडौँ । के तपाईलाई बिहान उठ्न गाह्रो हुने अनि ढिलो सम्म सुत्ने बानी छ यदि त्यसो हो भने होसियार हुनुहोस् । यस्तो खालको बानीले स्वास्थ्यमा समस्या आउन सक्छ । के भन्छ त अनुसन्धानकर्ताहरुको अध्ययनले ? 

  • यदि कोही मानिस बिहान ढिलो सम्म सुत्छ भने त्यस्तो मानिसको दिमाग बढी नि’रास हुन्छ । यस्ता खालका व्यक्तिमा आ’त्माह’त्याको सम्भावना बढी देखिएको हुन्छ । 
  • जुन व्यक्ति दिउसो समयमा सुत्छन् । उनीहरु मटोपनको सि’कार हुन्छन् । 
  • ढिलो सम्म सुत्ने व्यत्तिको पाचन प्रणाली समेत बिग्रन सक्छ र पेट सम्बन्धी रोगहरु लाग्न सक्छ ।
  • राती सुत्दा घुर्ने , सुतेको बेला स्वास रोकिने हुन्छ भने तपाईलाई स्लीप एपिनिया रोग लागेको हुन सक्छ । यस्ता व्यक्ति विहान ढिलो सम्म सुतेपनि निद्रा नपुगे जस्तो देखिने हुन्छन् । 
  • बिहान ढिलो सम्म सुत्ने मानिसमा अल्छीपना बढी गर्छ । त्यस्ता मानिसलाई धरै रिस उठ्ने समस्या हुने गर्छ । 

यदि तपाई आफुमा भएको स्वास्थ्य समस्यामा अन्य टिप्सहरु प्रयोग गर्नु भन्दा पहिले चिकित्कसहरुको सल्लाह लिएर सुरु गर्दा राम्रो हुनेछ ।

यो पनि पढ्नुहोस्

 मालपोत कर्मचारीलाई आध्यात्मिक चिन्तन गर्न सचिवको सुझाव: नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले मालपोतका कर्मचारीलाई आध्यात्मिक चिन्तन गर्न सुझाव दिनुभएको छ । 

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मालपोत कार्यालयले शनिबार आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममासचिव पाण्डेले पछिल्लो समयमा मालपोतको सेवा प्रवाहले नागरिक तहबाट थुप्रै गुनासा आउन थालेको टिप्पणी गर्नुभयो ।

“आध्यात्मिक चिन्तनमा लाग्नुस्, साँझ परेपछि कुखुरा र अङ्ग्रेजी पानीतर्फ लाग्ने होइन”, कर्मचारीप्रति व्यङ्ग्य गर्दै उहाँले भन्नुभयो, “अनावश्यक चिन्तनले हाम्रो मानसिकतालाई भ्रष्ट र कमजोर बनाउँछ । औषधि खानुपर्ने अवस्थाले झनै समस्या आउला ।” 

हामीले आर्जन गरेको सम्पत्तिले भावी पुस्तालाई नपुग्ने भन्दै सचिव पाण्डेले भोलिको पुस्ताले नधिक्कार्ने गरी सार्थकतापूर्वक आफ्नो कर्तव्य पूरा गर्न र सेवा प्रवाहमा आएका विभिन्न त्रुटि एवं ढिलासुस्तीलाई गम्भीरताका साथ ध्यानमा राखेर प्रणालीलाई स्थापित बनाउन कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो ।

समीक्षा कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले ‘कोभिड-१९’ का कारण लामो समयसम्म ठप्प भएको मालपोतको काम कारवाही एक्कासि खुला हुँदा बाँध फुटेजस्तो गरी मालपोत कार्यालयमा सेवाग्रहीको भीड लाग्दा बढी समस्या भएको बताउनुभयो । यद्यपि पछिल्लो समयमा केही कमीकमजोरीसमेत मालपोतमा देखिएको उहाँको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारी रेग्मीले भन्नुभयो, “मैले नजिक नियालेँ, मालपोत कर्मचारी जनतासित झर्केको र दलालसित लस्केर काम गरेको अनुभूति भयो । शुल्क बढाएर आउने सेवाग्रहीलाई झ्यालबाट छिराएर काम गर्ने र झ्यालमा झुण्डिएर काम गर्ने दलालहरुको काम छिटो गर्ने कार्यले मालपोतप्रति नागरिकको दृष्टिकोण नकरात्मक बनेको छ ।” हरेकलाई सावधानी अपनाएर काम गर्न उहाँले सचेत गराउनुभयो ।

Post a Comment

Previous Post Next Post