सपनामा पैसा सुनमाल धन देखे के हुन्छ ? जान्नुहोस्

कहिले सोच्नु भएको छ सपनामा के-के देखिन्छ ? कहिले कहिँ हामी सपनामा निकै नै खुसि हुने गर्दछौं र कहिले निकै दु:खि । विपनामा हुने अनुभव र महसुस सपनामा पनि हुन्छ । सपनाका फलहरुको बारेमा हामीले अर्को समाचारमा भनिसकेका छौ आज यहाँ सपनामा धन सम्पति पैसा वा अन्य कुनै रत्न देखेमा वा भेटेमा के हुन्छ भन्ने कुराको बारेमा जानकारी दिदैछौं ।

यदि तपाईले सपनामा पैसा भेट्नु भयो भने तपाईको जीवनमा अचानक केहि मोड आउने वाला छ भनेर जान्नुहोस । त्यो मोड खासगरि राम्रो पनि हुन सक्छ र नराम्रो पनि । यदि पैसा भेटेर सुरक्षित सँग राख्नु भयो र त्यो तपाईसँग हुदा नै तपाई बिउझिनु भयो भने त्यो राम्रो संकेत हो । 

तपाईको जीवनमा पनि छिट्टै धन वा सफलता हात लाग्ने छ तर यदि सपनामा भेटेको वा देखेको पैसा तपाईसँग छैन वा प्राप्त गर्न सक्नु भएन भने त्यो सपनाको संकेत अलि कठिन हुन्छ ।

तपाईलाई सफलता त मिल्छ तर त्यति सजिलो प्राप्त हुदैन । तपाईले त्यसलाई प्राप्त गर्न वा हाँसिल गर्न धेरै नै संघर्ष अनि मेहनत गर्नुपर्छ । हुन त सिधा अर्थ मा भन्नुपर्दा मेहनत बिना केहि छैन तर पनि मेहनतको प्रतिफल भने सबैलाई बेग्ला बेग्लै हुन्छ ।

यदि सपनामामा तपाईले सुन वा कुनै सिक्का वा रत्न देख्नु भयो भने तपाईको जीवनमा तपाईको आफन्तको सहयोग प्राप्त हुन्छ । मित्रको साथ धेरै नै पाउनुहुन्छ । यसलाई मित्रताको प्रतिक मानिन्छ ।

जीवनमा सम्पति भएर मात्र हुन्छ जोसँग आफ्नो मित्र अनि आफन्तको साथ हुन्छ त्यहि मानिस सम्पन्न र धनि हुन्छ । हामिले सधै यो कुरालाई ख्याल गर्नुपर्छ कि एक्लै कुनै पनि काम गर्न कठिन छ । त्यसैले साथी र सहयात्रीको साथ हुन आवश्यक हुन्छ ।

यदि तपाईले सपनामा मणि वा रत्न देख्नु भयो भने तपाईसँग तपाईको भाग्य बलियो छ भन्ने अर्थ हुन्छ । यस्तो चिज देख्नले सानो कामले पनि ठुलो प्रतिफल प्राप्त हुने लक्षण देखाउछ ।

तर याद राख्नुहोस सपनामा जति कुराहरु भेट्नुहुन्छ त्यो सबै सपनाहरु राम्रो हुन्छ भने हराएको वा गुमाएको सपनाले तपाईले निराश तुल्याउछ । अतः यी त भए सपनाका बारेमा चर्चा अनि परिचर्चा ।

तपाईलाई कस्तो लाग्यो हाम्रो कुरा ? के तपाईले पनि यस्तो सपना देख्नु भएको छ ? यदि देख्नु भएको छ भने के कस्तो प्रतिफल पाउनु भयो ?हामीलाई कमेन्ट गरेर भन्न सक्नु हुनेछ । यदि तपाई सुटुक्क बताउन चाहनु हुन्छ भने हाम्रो फेसबुक पेज नाम सेवामा म्यासेज गर्न सक्नु हुन्छ । युवा ज्याेतिष खेमराजकाे फेसबुकपेजबाट

Post a Comment

Previous Post Next Post