नेपालमा पो'र्नोग्राफी (अ'श्लिल भिडियो) बन्द गर्दा त्यसले कुनै राम्रो असर देखाएन

काठमाडौं । सरकारले अ'श्लील वेबसाइट तथा पो'र्नोग्राफीमा प्रतिबन्ध लगाए पनि त्यसको सकारात्मक प्रभाव नदेखिएको पाइएको छ । टेकपानाले आयोजना गरेको आइतबारको दूरसञ्चार नीतिगत बहसमा नेपाल टेलिकमका उपप्रबन्धक बिमलेश झाले यस्तो बताएका हुन् ।

‘अ'श्लील साइटमाथि प्रतिबन्ध लगाउँदा नेटवर्कमा त्यसको खासै राम्रो असर परेको देखिएन,’ झाले भने, ‘प्रविधिलाई बन्द गरेर हुँदैन ।’ पो'र्नोग्राफी र देश हीतमा नभएको सामग्री सरकारको नीति अनुसार बन्द गरिए पनि प्रयोगकर्ताले त्यसमा पहुँच पाइरहेको बताए ।

‘प्रयोगकर्तालाई चाहिएको छ भने उनीहरुले जहाँबाट पनि पाउन सक्छन्,’ उनले भने, ‘वास्तवमा कन्टेन्ट रोक्न सकिँदैन । प्रत्यक्ष बाटो रोकिए पनि अप्रत्यक्ष बाटोबाट त्यस्ता सामग्रीको प्रयोग रोकिएको छैन ।’

उपप्रबन्धक झाका अनुसार अ'श्लील साइट प्रतिबन्ध लगाउँदा सुरुवाती समयमा त्यसको प्रयोग कम देखिए पनि अहिले पुनः पुरानै अवस्थामा फर्किएको छ ।

Post a Comment

Previous Post Next Post