जंगलमा हराएकी महिला १ बर्ष जिवित भेटिइन् : बाँच्न गरेका प्रयासको बयानले दुनियाँ चकित


घुम्न जाँदा हराएकी एक महिला एक वर्षपछि फेला परेकी छिन् । अमेरिकामा क्याम्पिङ्ग गर्दा हराएकी ४७ वर्षीया महिला अन्ततः एक वर्ष पछि फेला परिन् ।

ति महिलालाई ड्रोनको सहयोगमा यूटाको राष्ट्रिय वनको मरुभूमिमा पत्ता लगाइएको थियो । त्यसपछि उद्धार टोली घटनास्थलमा पुगेर महिलालाई त्यहाँबाट सुरक्षित बाहिर ल्याएको हो । उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

कार्यालयले एक विज्ञप्तिमा महिलाले केहि नपाएपछि घाँस खाएर आफूलाई जिउँदो राखेको उल्लेख छ । यद्यपि प्रहरीले महिलाको पहिचान सार्वजनिक गरेको छैन ।

प्रहरीका अनुसार ति महिलाले आफ्नो शरीरको वजन धेरै कम गरेकी छिन् । त्यसकारण उनी धेरै शारीरिक समस्याहरुसँग संघर्ष गर्दै छिन् । प्रहरीले महिला मानसिक रुपमा पनि बिरामी भएको दाबी गरेको छ ।

अधिकारीहरूका अनुसार ति महिला गत वर्ष डायमण्ड फोर्क क्यान्यनमा आफ्नै स्वतन्त्र इच्छामा घुम्न गईन् । यो क्षेत्र उजाड र धेरै खतरनाक छ । यो दावी गरिएको छ कि ति महिला फर्केर जाँदा बाटोमा हिंडिरहेकी थिईन् । हिड्दै जाँदा उनी अपरचित स्थानभित्र हराइन् । जब कार रोकियो उनी आफैंले हिंड्ने निर्णय गरिन् ।

शुरुका केही दिन, ती महिला आफुले साथमा ल्याएको पानी र खानेकुरा खाएर बाँचिन् । जब उनले लगेको सबै आवश्यक चीजहरू साथमा थिए तब उनी पानीको स्रोतको खोजीमा निस्केकी थिइन् । कडा परिश्रमपछि उनलाई पानी पनि मिल्यो ।

आफ्नो खानेकुरा सकिएपछि ति महिलाले लामो समय घाँस खानुपर्यो । खराब खानपानका कारण उनको स्वास्थ्यमा ठूलो समस्या आयो । युटाको शेरिफ विभागले नोभेम्बर २०२० मा महिलाको खोजी सुरु गर्यो । जब अमेरिकी वन सेवाका अधिकारीहरूले उनको खाली कार शिविरको मैदानमा भेट्टाए तब उनको खोजि थालिएको थियो ।

ति महिला गत आइतबार गाडीको नजिक ड्रोनमा देखा परिन् । त्यसपछि शेरिफ कार्यालयका अधिकारीहरू वन विभागको टोलीसमेत त्यहाँ पुगे ।

अधिकारीहरूले भने कि हामी त्यस ठाउँमा पुगेपछि एउटा पाल देखियो । पाल बाहिरबाट पूरै खाली देखिन्थ्यो । जब उनीहरु पक्का गर्नका लागि पाल खोले तब त्यसमा एक महिला अर्धचेत अवस्थामा थिइन् ।

Post a Comment

Previous Post Next Post